अमेरिकाबाट आएको सहयोग दुरुपयोग भयो भन्नेछ, श्वेतपत्र जारी गरौँ : सभापति खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अमेरिकाबाट नेपाललाई आएको सहयोगका विषयमा श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खतिवडाले अमेरिकाले दिएको सहयोग चरम दुरपयोग भएको कुराले नेपालको बद्नाम हुने कार्य भएको बताए ।
उनले भने, ‘अमेरिकाले दिएको सहयोग दुरुपयोग भयो भनेर चर्चा, परिचर्चा गरेको सुनिन आएको छ । यस्तो रकम नेपालमा कति आएको हो ? क–कसले प्रयोग गरे ? नेपाल सरकार, अर्थ मन्त्रालयले त्यसका बारेमा श्वेतपत्र कसले जारी गर्नुपर्ने हो ? त्यो जारी गरियोस् ।’
‘एनजिओ र आईएनजिओको रुपमा आएका, अन्य काममा प्रयोग भएको रकम कति छन् ? त्यो दुरुपयोगलाई लिएर सारा नेपाललाई नै बद्नाम गर्ने काम गरेको छ । भएको के हो ? सरकारले श्वेतपत्रको रुपमा जारी गरोस्’, सभापति खतिवडाले भने ।
खतिवडाले नेपालमा अमेरिकाबाट ल्याइएका नागरिकहरूको मानवअधिकार हनन् हुने गरि गतिविधि भएको भन्दै चिन्ता जनाएका छन् ।
उनले भने, ‘अमेरिकाबाट नेपालमा मात्रै होइन विश्वव्यापी रुपमा अवैधानिकरुपमा बसेकालाई फर्काउने चलन चलिरहेको छ । नेपालीहरूलाई पनि फर्काएको समाचार आएको छ । अमानवीय व्यवहार गर्ने काम बन्द गरियोस् ।’
‘जो सुकैले गरेको भए पनि बन्द हुनुपर्छ । विश्वव्यापी मानवअधिकारीको मूल्यभित्र रहेर मानवीय व्यवहार गरियोस्’, सभापति खतिवडाले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया