परराष्ट्रमन्त्री डा.राणासँग सांघाई सहयोग संगठनकी उपाध्यक्ष कुई लीद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग सांघाई सहयोग संगठन (एनजीएफसीसी एससीओ)की उपाध्यक्ष एवम् चीनको राष्ट्रिय स्वास्थ्य आयोगकी पूर्व उपमन्त्री कुई लीले भेट गरेकी छिन् ।

बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग एनजीएफसीसी एससीओकी उपाध्यक्ष कुई लीले भेट गरेकी हुन् । उनीहरूका बीच सहयोग प्रवर्द्धन र अन्तर्राष्ट्रिय चुनौतीहरूका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘सांघाइ सहयोग संगठन (एनजीएफसीसी एससीओ)की उपाध्यक्ष एवम् चीनको राष्ट्रिय स्वास्थ्य आयोगकी पूर्व उपमन्त्री महामहिम कुई लीलाई भेट्न पाउँदा खुसी लाग्यो । मैले सहयोग प्रवर्द्धन र अन्तर्राष्ट्रिय चुनौतीहरूलाई सम्बोधन गर्न एससीओको भूमिकामा जोड दिएको छु ।’

Published : Thursday, 2025 March 6, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया