नयाँ गभर्नर नियुक्तिका लागि सरकारद्वारा समिति गठन

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।

बुधबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो । समितिमा तीन सदस्यीय छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल चैत २४ गतेबाट सकिँदै छ । अधिकारीको कार्यकाल सकिँन लागेका बेला सरकारले नयाँ गभर्नरको नियुक्ति प्रकृया अगाडि बढाएको छ ।

अधिकारी गभर्नरमा दोहोरिन जोडबल लगाइरहेका छन् । एमालेको संगठित सदस्यता लिएको भनेर अधिकारीलाई यसअघि आरोप लागेको थियो । अधिकारीले सरकारलाई काम गर्न असहयोग गरेको आरोप लाग्दै आएको छ ।

Published : Thursday, 2025 March 6, 12:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया