राईस मिलको जग्गामा भू-माफियाको आँखा, कार्वाही गर्न प्रधानमन्त्रीसँग माग
प्रेमचन्द्र झा
गौर । रौतहटको गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजयकुमार गुप्ताले प्रधानमन्त्री केपी ओलीलाई भेट गरि राईस मिलको जग्गा भू–माफियाले बिक्री गर्न लागे भन्दै जग्गा रोग्गा राखेर दोषी उपर कार्वाहीको माग गरेका छन् ।
बुधबार बालुवाटारमा गुप्ताले प्रधानमनत्री ओलीलाई भेट गरेर ज्ञापनपत्र बुझाएका छन् । रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य प्रत्यासी समेत रहेका गुप्ताले ओलीसँग भेट गरेर भू–माफियाले गौर नगरपालिकाको मिलेमतोमा सार्वजनिक उपभोगमा रहेको राईस मिलको जग्गा बेचविखन गर्न लागेको बताए । उनले जग्गा रोक्का राखेर दोषीलाई कार्वाही गर्न माग गरेका छन् ।
प्रधानमन्त्री ओलीसंग गुप्ताले नक्कली कागजपत्र तयार गरी ठूलो आर्थिक चलखेल भइरहेको बताए ।
राइस मिलको जग्गा वर्षौंदेखि सार्वजनिक रुपमा प्रयोग भइ बिभिन्न मेला महोत्सव, राजनीतिक सभा सम्मेलन तथा क्रिकेट खेलाडीहरूको लागि खेल मैदानको रुपमा प्रयोग हुँदै आइरहेको छ । बेलाबखत भू–माफियाहरू नक्कली कागज खडा गरि बिक्री वितरणको प्रयासमा रहने गरेका छन् ।
भू–माफिया र गौर नगरपालिकाको मिलेमतोमा धेरै ठूलो आर्थिक चलखेल गरि जग्गा भागबण्डाको प्रयास भइरहेको छ । जग्गामा रहेको खेलमैदानको अस्तित्व नै समाप्त पार्ने प्रयास भएको छ ।
साविक गौर गाविस वडा नं. सातको किता नम्बर १३९ को ०–४–१५, १४० को ०.१६–०,१६३को ४–१०–० र ८०३ को ०.९.० जग्गा रोक्का राख्न प्रधानमन्त्री ओलीसँग माग गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया