मानव बेचबिखनबाट बच्न धरौटीमा छुटेका खगेन्द्रद्वारा १० लाख प्रस्ताव र धम्की, एमालेका गुण्डा परिचालन
काठमाडौं । मानवबेचबिखनको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट अन्दाजी ३ लाख धरौटी बुझाएर छुटेका खगेन्द्र गजमेरले पीडित महिला र पीडितका आफन्तलाई धम्की दिएको आरोप लागेको छ ।
वैदेशिक रोजगारीमा कुवेत लगेर उदयपुरीकी एक महिलालाई बेचबिखन गरेको अभियोग खगेन्द्रलाई लागेको छ । खगेन्द्रलाई नेपाल प्रहरीको मानव बेचबिखन व्यूरो, बबरमहलले पक्राउ गरेर सरकारी वकिलको कार्यालय काठमाडौंबाट मुद्दा चलाएको छ । धरौटीमा छुट्नेवित्तिकै खगेन्द्रले १० लाखसम्म रकम बुझेर बयान फिर्ता लिइ आफूलाई उन्मुक्ति दिन पीडित र पीडितका आफन्तलाई धम्की दिएर निकै दुःख दिएको आरोप छ । खगेन्द्रले दिएको दुःख र हैरानी सहन नसकेर पीडितहरूले शान्ति सुरक्षाका लागि सरकारी वकिलको कार्यालय काठमाडौंमा निवेदन दिन बाध्य भएका छन् ।
जाहेरवाला पीडित महिला र उनका आफन्त (काका) पर्ने व्यक्तिलाई खगेन्द्र र उनको समूहले विभिन्न समूह परिचालन गरि मुद्दा फिर्ता लिइ बकपत्रमा सफाइ दिन दवाव दिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा दर्ता भएको निवेदनमा उल्लेख छ ।
पीडितले भनेका छन्, ‘मुख्य योजनाकार भनिएका खगेन्द्र गजमेर भन्ने व्यक्ति केही दिन मात्रै ३ लाख रुपियाँ धरौटीमा छुटेका भन्ने बुझिएको र निज खगेन्द्र गजमेरले जाहेरवाली भनिएकी पीडित महिलालाई मुद्दा फिर्ता लिइ बकपत्रमा सफाइ दे नत्र तपाई मारिदिन्छु भन्ने पटक पटक धम्की दिने गरेको र विभिन्न मानिसहरूलाई पैसाको प्रयोग गरि ८÷१० चोटी जाहेवालीको घरमा मानिसहरू गुपचुप बनाइ पठाउने गरेको र मलाई पनि सफाइ नदिने भनेपछि म निवेदक समेतलाई जाहेरवालीलाई २ लाख ५० हजारदेखि १० लाखसम्म दिन्छु सफाइ दे मिलापत्र गर भनि धम्काउने गरेको छन् ।’
‘हालका वडा सदस्य समेत ३÷४ जना मानिसहरूले पीडितलाई दवाव दिइ म निवेदकलाई पनि जाहेरवालीलाई सफाई दिन लगा नत्र तँ समेतलाई माने, तपाई मार्नको लागि मैले २५ लाखसम्म खर्च गर्छौं भनि खगेन्द्र गजमेर र निजको छोराले मोबाइल नम्बर ९८१३७४९०१८ बाट मलाई …….. मा फोन गरी मुद्दा फिर्ता लिन लगाउनु फिर्ता नलिए मारिदिने, नत्र विदेशबाट कुनै केटी नेपालमा ल्याई जबरजस्ती करणी तथा मानवबेचबिखन मुद्दामा फसाइदिने धम्की दिएको छन्’, पीडितले भनेका छन् ।
खगेन्द्रद्वारा परिचालित समूहले उदयपुर र काठमाडौंमा पीडितहरूलाई पछ्याउन, धौतिक आक्रमण गर्ने, फोन गरेर मुद्दा फिर्ता लिन धम्काउने, बयान फेर्न दवाव दिने, मुद्दा फिर्ता लिए १० लाखसम्म रकम दिने, एमालेका स्थानीय नेताहरू (वडा सदस्य)लाई परिचालन गर्ने, ज्यान मार्ने धम्की दिने जस्ता गतिविधि भएको भन्दै पीडितले निवेदन दिएका छन् ।
मानव बेचबिखनको अभियोगमा व्यूरोले मुख्य योजनाकार खगेन्द्र गजमेर, चन्द्रबहादुर आले मगर, पुष्प विक भन्ने पुष्प सुनारलाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ । उनीहरू धरौटीमा छुटेपछि पीडितलाई धम्की दिएर बयान फेर्न र १० लाखसम्म रकम लिएर मिलापत्र गर्न दवाव दिइरहेको खुलासा भएको छ ।
खगेन्द्र गजमेरले आफूले पीडितलाई धम्की नदिएको र मानिस पठाएर दुःख नदिएको दाबी गरेका छन् । पीडितले लगाएको आरोपहरू खगेन्द्रले अस्वीकार गरेका छन् ।
व्यूरोले मानव बेचबिखनको अभियोगमा उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ७ का ५७ वर्षीय चन्द्रबहादुर आले मगरलाई मंसिर १४ गते त्रियुगा नगरपालिका वडा नं. ११ बाट पक्राउ गरेको थियो । मोरङको बेलबारी नगरपालिका वडा नं. १ स्थायी वतन भएका ५१ वर्षीय पुष्प विक भन्ने पुष्प सुनारलाई व्यूरोले मंसिर १३ गते बौद्धबाट पक्राउ गरेको थियो ।
पीडित महिलालाई कुवेतमा रहेकी महिला एजेन्टले कुवेतस्थित सहरमा रहेको घरेलु कामको लागि पठाई घर मालिकले घरेलु काममा लगाई चरम श्रम शोषण, यौन शोषण गरि राखेको अवस्थामा जाहेरवालाको स्वास्थ्यमा समस्या आई घर मालिकलाई समेत आग्रह गर्दा निज घर मालिकले ‘तलाई ३ लाखमा किनेको हो रकम फिर्ता नगरेसम्म जान नदिने भनेपछि व्यूरोको पहलमा नेपाल फर्कन सफल भइ कात्तिक १३ गते पीडितले जाहेरी दरखास्त दिएकी थिइन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया