मध्यपूर्वी देशहरूमा प्रतिबन्ध लगाए पनि अवैधानिक बाटोबाट हजारौँ महिला पुगिरहेका छन् : डा.राणा
भैरहवा । परराष्ट्रमन्त्री डा.आरजु राणाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकहरूको उद्धार गर्ने जस्तो मात्र भएको बताएकी छिन् ।
मंगलबार रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा प्रशिक्षण शाखा प्रमुखका लागि आयोजना गरेको प्रशिक्षणमा उनले भनिन्, ‘अहिले विदेशमा नेपालीहरू यतिधेरै समस्यामा परिरहेका छन् की परराष्ट्र मन्त्रालयको काम त यसो हेर्दा उनीहरूको उद्धार गर्नेजस्तो मात्र भएको छ ।’
परराष्ट्रमन्त्री डा.राणाले सीमित स्रोत, साधन र जनशक्तिका कारण संसारमा रहेका नेपालीको उद्धारको काम निकै कठिन भएको बताएकी छिन् । अहिले संसारका ४० देशमा मात्र नेपाली राजदूतावास रहेका तर, नेपालीहरू भने एक सयभन्दा बढी देशमा पुगेको उनले बताएकी छिन् । डा.राणाले नेपालीहरू कहाँ र कसरी पुगेका छन् भन्नेबारेको सूचना मन्त्रालयलाई थाहा नहुने र कसैलाई समस्या परेर उद्धार गर्नुपर्ने अवस्थामा मात्र थाहा हुने गरेको बताइन् ।
बंगलादेशको उदाहरण दिँदै डा.राणाले भनिन्, ‘जस्तो कि बंगलादेशमा मेडिकल पढ्न गएका विद्यार्थीलाई समस्या परेपछि मात्र त्यहाँ कति विद्यार्थी छन् भन्ने कुरा थाहा भयो । मिडियामा भने उनीहरुलाई एक दुई दिनमै नेपाल ल्याइहाल्नुप¥यो भन्नेजस्तो गरेर समाचार आउँछ ।’
‘त्यसबेला पनि ढाकाको दूताबासमा रहेको सीमित जनशक्तिले समन्वय ग¥यो’, उनले भनिन्, ‘यस्तै अवस्था अन्यत्र पनि छन् । हामी जसोतसो काम गरिरहेकै छौँ ।’
परराष्ट्रमन्त्री डा.राणाले मध्यपूर्वी देशहरूमा घरेलु कामदारका रुपमा जान महिलालाई नेपालले प्रतिबन्ध लगाएको भए पनि अवैधानिक बाटोबाटै हजारौँ महिला ती देशमा पुगिरहेको बताएकी छिन् । यदि त महिलाहरू समस्यामा परे भने उद्धारका लागि निकै अप्ठेरो पर्न सक्ने डा.राणाले बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले त्यसैले परराष्ट्र मन्त्रालयले संसारका नेपाली डायस्पोरालाई कन्सुलर सेवा उपलब्ध गराउन तथा परम्परागत कूटनीतिभन्दा माथि उठेर नेपालको परराष्ट्र सम्बन्धलाई थप विस्तारित गर्न ओएनएम गरेर थप दरबन्दी सिर्जना गरेको बताएकी छिन् । यसबाट आगामी दिनमा केही सहज हुने उनले बताइन् ।
नेपाली मिसन नरहेका तर, नेपालीहरूको संख्या धेरै रहेका स्थानहरू जस्तै अमेरिकाका टेक्सास र सान्फ्रान्सिस्को तथा युएइको दुबईमा महावाणिज्यदूतावास नै स्थापना गरिएको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले अहिले अमेरिकाले वैदेशिक सहयोग राकेजस्तै गरी अन्यत्रबाट पनि त्यस्तो समाचार नआउला भन्न नसकिने बताउएकी छिन् । अब देशको विकास आफैँ गर्ने र युवाहरूलाई स्वदेशमै रोजगारीमा लगाउने विषयमा कांग्रेसले गाउँगाउँमा अभियान सञ्चालन गर्नुपर्ने सुझाव डा.राणाले बताएकी छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया