मलाई विदेश जाने अवसर मिल्यो, तलब पनि मनग्य थियो तर, बुबाले भन्नुभएको कुराले बिजायो : शशांक काेइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले नेपाल असङ्ख्य सम्भावना नै सम्भावनाको कुञ्ज भएकाले नेपाली युवाहरूले स्वदेशमा उद्यमशीलता गरेर बस्नुपर्ने सुझाव दिएका छन् ।
शनिबार पाेखरामा नेपाली कांग्रेस पूर्वआप्रवासी समन्वय विभागको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले नेपालको समृद्धिमा युवाले प्रमुख भूमिका निर्वाह गर्ने बताए ।
‘म सानो हुँदा बुबा बीपी कोइरालाले भन्नुहुन्थ्यो-म धेरै राष्ट्र घुमेँ, तर संसारमा सबैभन्दा सुन्दर देश नेपाल लाग्यो, तिमी नेपालमा नै बस्नु’ पछि मलाई विदेश जाने अवसर मिल्यो, तलब पनि मनग्य थियो तर बुबाले भन्नुभएको कुराले बिजायो र विदेश पुगेर पनि स्वदेश नै फर्किएँ,’ उनले भने ।
‘विदेशबाट फर्केका युवाले त्यहाँ सिकेका सीप र अनुभवलाई सदुपयोग गरी स्वरोजगारका अवसर सृजना गर्नुपर्नेमा नेता कोइरालाले जोड दिए।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया