माओवादीको अस्थिर राजनीतिक चरित्रकै कारण कांग्रेस-एमालेको सरकार : डा.महत
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले माओवादीको अस्थिर राजनीतिक चरित्रकै कारण कांग्रेस र एमालेको नयाँ गठबन्धन बनेको बताएका छन् ।
शुक्रबार नुवाकोटमा नेपाली कांग्रेस शिवपुरी गाउँपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका डा.महतले कांग्रेस–एमाले गठबन्धनको सरकारले देश र जनतालाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
उनले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए । कांग्रेसको अगुवाइमा देशले स्थिरता र आर्थिक प्रगति हासिल गर्ने प्रवक्ता डा.महतले बताएका छन् ।
उनले कांग्रेस नेतृत्वमा भएका विकास निर्माण कार्यहरूको तुलना कुनै पनि दलसँग हुन नसक्ने बताएका छन् ।
Published : Friday, 2025 February 28, 9:16 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया