पाथीभरामा केबलकारविरुद्धको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्छ : सभापति खवितडा
काठमाडौं । नेपाली कांग्रेस सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विकास निर्माणको कार्य कुनै पनि बहानामा रोक्न नमिल्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै सभापति खतिवडाले पाथीभरामा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्ने बताएका छन् । उनले विकास निर्माणका काम कुनैपनि बहानामा कसैले रोक्न नमिल्ने बताए ।
खतिवडाले भने, ‘विकास निर्माणका काम अवरुद्ध गर्न मिल्दैन, जोसुकैले होस् । त्यहाँका स्थानीय जनताका माग के–के छन्, स्थानीय तहमा सम्बोधन हुनुप¥यो ।’
‘स्थानीय तहका मान्छेलाई बाहिरका मान्छेले उचालेर, स्थानीयभन्दा बाहिरका मान्छेको उपस्थिति बढी हुने र राजनीतिकरण गर्ने पद्धतिको विरुद्ध जानुपर्छ’, सभापति खतिवडाले भने ।
‘सरकारले जबर्जस्ती पेलेर जानु हुँदैन । समस्याको समाधान भनेको वार्ता नै हो’, उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधि सबैसँग छलफल गरेर एउटा निस्कर्षमा पुग्नु पर्दछ ।’
सरकारले केबलकार निर्माणको अनुमति २०७५ सालमै दिएको सभापति खतिवडाले बताएका छन् । अहिले स्थानीय जनताले नभई बाहिरका मान्छेले आन्दोलन चर्काएर राजनीतिकरण गर्न खोजेको उनले बताए ।
गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण विवादका विषयमा बिहीबार गृह मन्त्रालयमा कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया