तरुण अध्यक्ष गुरुङद्वारा शिवरात्रिको अवसरमा शुभकामना प्रदान
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले महाशिवरात्री पर्वको अवसरमा शुभकामना दिएका छन् ।
बुधबार अध्यक्ष गुरुङले शुभकामना दिँदै स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीवहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
उनले भने, ‘सामाजिक संहिष्णुता एवं धार्मिक आस्थाको धरोहरको रुपमा आउने यस्तो पर्वले सम्पूर्ण समुदायलाई एकताको डोरीमा बाँध्न महत्वपूर्ण भूमिका खेलेको छ ।’
‘आराध्यादेव भगवान शिवको पूजा आराधना गरि मनाइने महाशिवरात्रि पर्वले सम्पूर्णमा भावनात्मक सम्बन्धको विकास गर्दै राष्ट्रको विकासमा लाग्ने प्रेरणा मिलोस्’, अध्यक्ष गुरुङले भने ।
अध्यक्ष गुरुङले सम्पूर्णमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
Published : Wednesday, 2025 February 26, 10:38 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया