डाइभर्सनले देवघाट र कालीगण्डकी धार्मिक महत्व अन्त्य हुन्छ, स्वीकार्य छैन : कांग्रेस सांसद भण्डारी
देवघाट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले कालीगण्डकी डाइभर्सन कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।
मंगलबार तनहुँ, चितवन र नवलपुर त्रिवेणीस्थल देवघाटमा आयोजित कार्यक्रममा पूर्वमन्त्री समेत रहेका सांसद भण्डारीले कालीगण्डकीको महत्व समाप्त पार्ने गरी बनाउन लागिएको डाइभर्सन मान्य नहुने बताए ।
उनले देवघाट र कालीगण्डकी नदीको विशेष धार्मिक महत्व रहेको हुँदा त्यसलाई जोगाएर राख्नुपर्ने बताएका छन् । कालीगण्डकीलाई डाइभर्सन गरेको खण्डमा देवघाटको अस्तित्व समेत संकटमा पर्ने सांसद भण्डारीले बताए ।
उनले कालीगण्डकी डाइभर्सन गर्दा विश्वभरिका हिन्दूको भावनामा समेत जोड पुग्ने र कालीगण्डकीको सभ्यता नै नाश भएर जाने बताए । कालीगण्डकी डाइभर्सन रोक्नका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गरिरहेको भण्डारीले बताए ।
कालीगण्डको हिन्दुको सभ्यता बचाउन सबै नागरिकले साथ दिने पूर्वमन्त्री भण्डारीले बताएका छन् । उनले कालीगण्डीको धार्मिक महत्व अन्त्य गर्ने कार्यविरुद्ध आफूले निरन्तर आवाज उठाउने बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया