परराष्ट्रमन्त्री डा.राणासँग नर्वेका उपविदेशमन्त्री क्राभिकद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नर्वेका उपविदेशमन्त्री एन्ड्रियास क्राभिकले भेटवार्ता गरेका छन् ।
सोमबार स्वीट्जरल्याण्डको जेनेभामा डा.राणा र क्राभिकबीच भएको भेटमा नेपालको विकास प्रयासमा नर्वेले गरेको सहयोगका विषयमा छलफल भएको छ ।
डा.राणाले भनेकी छिन्, ‘नेपालको विकासमा नर्वेले गरेको सहयोगका लागि मैले महामहिम क्राभिकलाई धन्यवाद दिएँ । हामीले हाम्रो साझेदारीलाई मजबुत बनाउने उपायहरूबारे छलफल गरेका छौँ ।’
मानव अधिकार आयोगको ५८औँ अधिवेशनका अवसरमा परराष्ट्रमन्त्री डा.राणा जेनेभामा छिन् । उनले विभिन्न देशका विदेशमन्त्रीहरूसँग भेटवार्ता गर्दै आएकी छिन् ।
Published : Tuesday, 2025 February 25, 12:34 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया