युएसएडका विषयमा अर्थ मन्त्रालयको प्रतिक्रिया सार्वजनिक
काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग (युएसएड) बाट सञ्चालित कार्यक्रमहरूका विषयमा आएका समाचार र टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार अर्थ मन्त्रालयले विज्ञप्ति जारी गरेर भनेको छ, ‘विगत केही दिनदेखि अमेरिकी सहयोग नियोगबाट सञ्चालित कार्यक्रमहरूको सम्बन्धमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा आएका समाचार र टिप्पणीप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’
‘नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘अमेरिकी सहयोग नियोगबाट नेपालमा सन् १९५१ देखि निरन्तर रुपमा अनुदान सहायतामार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ’, अर्थ मन्त्रालयले भनेको छ ।
‘अमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशबमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमहरू ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रमहरू डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट यी कार्यक्रमहरु समेत रोकिएको अवस्था छ’, अर्थ मन्त्रालयले भनेको छ ।
‘डिजाइनको क्रममा रहेका उल्लेखित कार्यक्रमहरुको लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्त नभएको व्यहोरा जानकारी गराइन्छ’, अर्थ मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया