प्रकृति लम्सालको निवासमा पुगेर कांग्रेस नेता खाणद्वारा श्रद्धाञ्जलि व्यक्त
भैरहवा । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणले भारतको ओडिसामा मृत्यु भएकी प्रकृति लम्सालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
आइतबार नेता खाणले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ स्थित निवासमा पुगेर स्व.प्रकृति लम्सालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । नेता खाणले शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेको निजी सचिवालयले जनाएको छ । प्रकृति लम्पासका आफन्त रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ स्थित निवासमा १३ दिनको कार्यमा बसेका छन् ।
केही दिन अगाडि ओडिसामा रहेको केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्यु भएको थियो । सो घटनामा सयौँ नेपाली विद्यार्थीलाई क्याम्पस प्रशासनले दर्व्यवहार गर्नुका साथै अमानवीय व्यवहार गरेको थियो ।
प्रकृति लम्सालको मृत्यु प्रकरणको छानविन गरी दोषीलाई हदैसम्मको कारबाहीको माग उठेको छ । ओडिसा सरकारले पनि छानविन समिति गठन गरेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया