कांग्रेसको १५औं महाधिवेशनमा नीति र नेतृत्वबारे योजना बनाउन नेविसंघका पूर्व नेताहरूको भेला
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नीति र नेतृत्वबारे छलफल गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व अध्यक्ष, पूर्व पदाधिकारी र नेताहरूको भेला आयोजना गरिएको छ ।
शुक्रबार र शनिबार दुई दिन भक्तपुरको नगरकोटमा नेविसंघको पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूको भेला राखिएको नेविसंघका तत्कालीन केन्द्रीय सदस्य समेत रहेका लुम्बिनी कांग्रेसका सदस्य मोती भण्डारीले बताए ।
भण्डारीले भने, ‘राजनीतिक बिचार, बिमर्शसहित आगामी १५औं महाधिवेशनमा कांग्रेको नीति र नेतृत्व चयन कस्तो हुने भन्ने सन्दर्भबारे छलफल गर्न ९÷१० गते नेविसंघ पूर्व केन्द्रीय समितिको भेला नगरकोटमा आयोजना गरिएको छ ।’
भेलाको संयोजन नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण, नेविसंघका तत्कालीन केन्द्रीय सदस्य मोती भण्डारी लगायतका नेताहरूले गरेका हुन् । उनीहरूले गुट र उपगुटभन्दा माथि उठेर कांग्रेसलाई सबल बनाउन भेला गरिएको बताएका छन् ।
भेलामा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य गोविन्द भट्टराई, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे लगायतलाई निमन्त्रणा गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया