कांग्रेस महामन्त्री थापा महाकुम्भमा सहभागी, पत्नी र परिवारका सदस्य साथ स्नान
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारतको महाकुम्भमा सहभागी भएर त्रिवेणी संगममा स्नान गरेका छन् ।
सोमबार बिहान महामन्त्री थापाले पत्नी र परिवारजनका सदस्यहरू साथ स्नान गरेका हुन् ।
उनले भने, ‘महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भुत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भयो ।’

कांग्रेसका महामन्त्री थापाले परिवारसँग कुम्भ मेलामा स्नान गर्दाका केही यादगार झलकहरू भनेर तस्बिरहरू पनि फेसबुकमा राखेका छन् ।
त्रिवेणीमा स्नानका लागि कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी पनि गएका छन् । नातामा केसी महामन्त्री थापाका ससुरा पर्छन् । महामन्त्री थापाका आमा र बुवा पनि स्नान गर्न पुगेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया