राष्ट्रपतिद्वारा मन्त्री पौडेल र मेयर आचार्यसँग भेट, स्वास्थ्य लाभको कामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

आइतबार कीर्तिपुरस्थित अस्पतालमा उपचार गराइरहेका मन्त्री पौडेल र मेयर आचार्यलाई भेट गरेर राष्ट्रपति पौडेलले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । त्यस क्रममा राष्ट्रपति पौडेलले स्वास्थ्य लाभको कामना गरेका छन् ।

शनिबार पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा हाइड्रोजनले भरिएको बेलुन उडाउने क्रममा आगो लागेपछि मन्त्री पौडेल र मेयर आचार्य जलेर घाइते भएका थिए । उनीहरूलाई तत्काल हेलिकप्टरबाट काठमाडौंमा ल्याइ कीर्तिपुर अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ ।

Published : Sunday, 2025 February 16, 12:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया