सभापति खतिवडाको पहलमा लिखुका ४ वटा वडाका नागरिकले खिजीबाटै सेवा लिन पाए
काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले लिखु गाउँपालिकाका सेवाग्रहीहरूलाई ईलाका प्रशासन कार्यालय खिजीबाट सेवा लिन सकिने व्यवस्था गरिदिएका छन् ।
गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट शुक्रबारदेखि लागू हुनेगरी ओखलढुङ्गाको लिखु गाउँपालिकाका वडा नं. ६, ७, ८ र ९ का नागरिकले ईलाका प्रशासन कार्यालय खिजीबाट सेवा लिन सक्नेछन् ।
लिखुका ४ वटा वडाका नागरिकले नागरिकता, पासपोर्ट, परिचय–पत्र लगायतका सरकारी सेवा ईलाका प्रशासन कार्यालय खिजीबाट लिन सकिने गरि गृह मन्त्रालयले निर्णय गरेको सभापति खतिवडाले बताएका छन् ।
भौगोलिक विकटताका कारण लिखु गाउँपालिकाको ६, ७, ८ र ९ नम्बरका वडाका नागरिकले सदरमुकामसम्म पुगेर सेवा लिनु पर्ने बाध्यता थियो ।
यो बाध्यतालाई हटाउन सभापति खतिवडाले गृह मन्त्रालयमा पहल गरेका थिए । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवा लिन सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । ती चार वटा वडाका नागरिककाे समय र आर्थिक भार बचत भएकाे छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया