मधिवेशन प्रक्रिया रोकिँदा कांग्रेसको प्रजातान्त्रिक चरित्रमाथि प्रश्न उठ्यो : नेता महर
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय नैनसिंह महरले भ्रातृ संस्थाहरूको मधिवेशन प्रक्रिया रोकिँदा कांग्रेसको प्रजातान्त्रिक चरित्रमाथि प्रश्न उठेको बताएका छन् ।
बुधबार नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा महरले भने, ‘लोकतन्त्रको पहिलो विशेषता आवधिक निर्वाचन हो । यो प्रक्रियाबाट पार्टी र भ्रातृ तथा शुभेच्छुक संस्थालाई बाहि¥याउँदा लोकतन्त्रलाई कमजोर बनाउँछ ।’
उनले भने, ‘लोकतन्त्र कमजोर हुँदा पार्टीलाई क्षति पुग्छ। जनता पनि कमजोर हुन्छन् ।’
महाधिवेशनका लागि गठित निर्देशक समिति जिम्मेवारी लिन प्रतिवद्ध देखिए पनि नेतृत्व प्रतिवद्ध नदेखिएको उनले आरोप लगाएका छन् ।
नेता महरले चैतभित्र महाधिवेशन गर्ने केन्द्रीय समितिको निर्णय कार्यान्वयन हुनुपर्ने र कुनै बहानामा ढिलाइ गर्न नहुने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया