तनहुँको खुला चिडियाखानाको आयोजनामा मुआब्जा दिन कांग्रेस सांसद भण्डारीको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले तनहुँको खुला चिडियाखाना आयोजनालाई पूर्णता दिन माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद भण्डारीले पर्यटकीय नगर पोखरासँग जोडिएको तनहुँको खुला चिडियाखानाको आयोजनालाई कार्यान्वयन गर्न आग्रह गरे । उनले आयोजनामा मुआब्जा पाउन बाँकी जनतालाई छिटो मुआब्जा दिन माग गरेका छन् ।
उनले भने, ‘तनहुँको भानु नगरपालिका र व्यास नगरपालिकाअन्तर्गत २०७४ सालमै मन्त्रिपरिषदले खुला चिडियाखाना निर्माण गर्ने निर्णय गरेको थियो ।’
‘त्यस सन्दर्भमा १४२ घरको निजी जमीनहरू रोक्का गरिएको र मुआब्जा नपाएको तथा जनता धेरै ठूलो मर्कामा परेका छन्’, पूर्वमन्त्री समेत रहेका सांसद भण्डारीले भने ।
‘पोखरासँग जोडिएको भूगोल पनि हो । जनताको मौलिक हकसँग जोडिएको विषय पनि हो’, भण्डारीले भने, ‘राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजनालाई अलपत्र पार्नु दुखद् कुरा हो ।’
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया