परराष्ट्रमन्त्री डा.राणाद्वारा वीपी-मंगलादेवीको शालिक तथा वीपी स्मृति भवनको उद्घाटन

लम्कीचुहा । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले कैलालीमा नवनिर्मित वीपी स्मृति भवनको उद्घाटन गरेकी छिन् ।

सोमबार लम्कीचुहा नगरपालिकामा मन्त्री डा.राणाले कांग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला र नेपाली महिला आन्दोलनकी प्रमुख अगुवा मंगलादेवी सिंहको सालिक उद्घाटन गरेकी हुन् । नवनिर्मित वीपी स्मृति भवनमा नेपाली कांग्रेस कैलाली क्षेत्र नं. २ को पार्टी कार्यालय रहनेछ ।

उनले वीपी कोइराला र मंगलादेवी सिंह जस्ता प्रजातान्त्रिक व्यक्तित्वहरूको सालिक अनावरण गर्न पाउँदा आफूलाई खुसी लागेको बताएकी छिन् ।

‘नवनिर्मित वीपी स्मृति भवनको उदघाटन गर्न पाउँदा खुसी लागेको छ’, डा.राणाले भनिन्, ‘यस्तो महत्वपूर्ण कार्यक्रममा मलाई प्रमुख अतिथिको रुपमा उपस्थित हुने अवसर प्रदान गर्नुभएकोमा आयोजकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

Published : Monday, 2025 February 10, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया