चौथो स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न, प्रमीषा र नली विजेता

काठमाडौं । चौथो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२५’को विजेता नली शाक्य र प्रमीषा लामिछाने बनेका छन् ।

क्याफे थिमतर्फ प्रमीषा र थेसिस थिमतर्फ नली विजेता चुनिएका हुन् । एक्स्पोमा थेसिसतर्फ सानुमाया बानियाँ दोस्रो र दुर्गादेवी पौडेल तेस्रो घोषित हुँदा क्याफेतर्फ जिनिषा महर्जन दोस्रो, रोशन लामिछाने तेस्रो भएका छन् ।

इन्टेरियर डिजाइनर्स एसोसियसन नेपाल (आइडिया नेपाल) का पूर्व अध्यक्ष सानु राजा शिल्पकार, विन्द्रा कक्षपति प्रधान तथा आइडिया नेपालका वर्तमान उप–अध्यक्ष उषा रायमाझी र महासचिव रामगोपाल तन्डुकार, गायक उदय सोताङ, समाजसेवी सुरबहादुर श्रेष्ठ लगायतले विजेतलाई पुरस्कार वितरण गरेका छन् ।

भोटमार्फत थेसिस श्रेणीतर्फ निभाश श्रेष्ठ र क्याफे डिजाइनतर्फ प्राची ठाकुर पब्लिक चोईस अवार्ड जित्न सफल भए । ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२५’को जजमेन्टमा क्याफेतर्फ मुकेश महर्जन र रीजु महर्जन र थेसिसतर्फ रञ्जन प्रजापती र जरिना बज्राचार्य रहेका छन् ।

आईआईएफटी स्कूलअफ फेसन एण्ड इन्टेरियर डिजाइनका विद्यार्थीहरुले शनिबार थेसिस र इन्टेरियर डिजाइनका अवधारणा समेत प्रस्तुत गरेका छन् । ललितपुरको जावलाखेमा आयोजित चौथो ‘स्पेस एण्ड डिजाइन एक्सपो’मा आईआईएफटीका ४६ जना विद्यार्थीले इन्टेरियर डिजाइनको महत्व उजागर उजागर समेत गरेका थिए । मानिसको जीवनशैलीमा प्रत्यक्ष प्रभाव पार्नुका साथै जनचेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।

वरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधानको अध्यक्ष, राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथिको रुपमा ललितपुर महानगरपालिका वडा–४ का अध्यक्ष सन्तोष खड्का, इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आईडिया नेपाल)का अध्यक्ष श्याम श्रेष्ठ र रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) का अध्यक्ष संघर्ष विष्ट, फेसन डिजाइनर तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघकी उपाध्यक्ष सुदीना श्रेष्ठ, एडभोकेट तथा लिटिल फ्लावर पब्लिक स्कूलका अध्यक्ष लक्ष्मण महर्जन, मिस मंगोल–२०२४ की विजेता एन्जल राई, कर्पोरेट खबरका अध्यक्ष उज्वलजंग शाह, मैनाली मार्केटिङका अध्यक्ष प्रेमहरि मैनाली, नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमिति सदस्य सन्तोषराज केसी, व्यवसायी उज्वलकृष्ण श्रेष्ठलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

Published : Sunday, 2025 February 9, 6:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया