प्यूठान–रोल्पा सडकखण्डमा डीएसपी बस्यालद्वारा ट्राफिक सचेतना अभियान सञ्चालन
प्यूठान । सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी) दीपेश बस्यालले सचेतना अभियान चलाएका छन् ।
बिहीबार डीएसपी बस्यालले माण्डवी गाउँपालिकास्थित प्यूठान–रोल्पा सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालना सम्बन्धी सचेतना फैलाएका हुन् ।
सचेतना अभियानका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही समेत गरिएको प्रेस नोटमा उल्लेख छ । सवारी साधनलाई ट्राफिक सचेतना पर्चा, पम्पेलेट वितरण गरिएको छ ।
लुम्बिनी प्रदेश प्रहरीका प्रमुख (डीआईजी) दानबहादुर कार्कीले दुर्घटना न्यूनीकरण र लागुऔषध नियन्त्रण लगायतमा कडाइ गर्दै सचेतना अभियान चलाउन निर्देशन दिएका छन् । मानव बेचबिखनका विषयमा पन सचेतना अभियान फैलाउन डीआईजी कार्कीले मातहतलाई निर्देशन दिँदै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया