सरकार ढाल्छु भनेको छैन : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार ढाल्छु भनेर आफूले कहिल्यै नभनेको बताएका छन् ।
बिहीबार बसेका प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष दाहालले आफूले सरकार आफै ढल्छ मात्रै भनेको बताए । उनले भने, ‘यो सरकार ढाल्छु भनेर मैले कहिल्यै भनेको छैन । मैले यो सरकार आफै ढल्छ भनेको हुँ ।’
उनले सरकारको निकै आलोचना गरेका छन् । ‘सरकार नै संसद्लाई अपमान गर्ने र छल्ने बाटोमा देखिन्छ । यही अधिवेशन पनि निकै अघि बोलाउनुपर्ने हो । तर, बोलाइएन’, उनले भने, ‘सिंगो विपक्षले औपचारिक बैठक नै बसेर माग गर्यो । तैपनि, सुनुवाइ भएन । सरकार अधिवेशनबाट मात्र भागेन, षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेशहरू ल्यायो ।’
Published : Thursday, 2025 February 6, 3:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया