कांग्रेस संसदीय दलका नेता चौधरीद्वारा धनलक्ष्मीलाई सचेतकमा मनोनयन
मसुरिया । लुम्बिनी प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले धनलक्ष्मी खतिवडालाई सचेक पदमा मनोनयन गरेका छन् ।
बुधबार दलका नेता चौधरीले प्रदेशसभा सदस्य श्रेष्ठलाई सचेतक पदमा मनोनयन गरिएको पत्र प्रदान गरेका छन् । चौधरीले श्रेष्ठलाई कार्यकालको बधाई तथा सफलताको कामना पनि गरेका छन् । सचेतक पदमा रहँदा विधि र विधानमा रही कुशलतापूर्वक जिम्मेवारी पूरा गर्न श्रेष्ठलाई चौधरीले निर्देशन पनि दिएका छन् ।
यसअघि, सचेतकमा नीमा गिरी थिइन् । गिरीले सचेतक पदबाट राजीनामा दिएकी थिइन् । गिरी विभन्न कार्यक्रममा व्यस्त छिन् ।
कांग्रेस लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतक पद पनि रिक्त छ । प्रमुख सचेतक पदबाट जन्मजय तिमिल्सिनाले राजीनामा दिएका छन् । तिमिल्सिनाको राजीनामा भए पनि प्रमुख सचेतक मनोनयन गरिएको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया