विभिन्न पार्टी परित्याग गरेका युवाहरू सुनसरी तरुण दलमा प्रवेश
धरान । विभिन्न राजनीतिक दल परित्याग गरेर करीव ५० जना युवाहरू नेपाल तरुण दल सुनसरीमा प्रवेश गरेका छन् ।
आइतबार आयोजित कार्यक्रममा वराहक्षेत्र नगरपालिकाको भरौलमा करीव ५० जना युवाहरू तरुण दलमा प्रवेश गरेको नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले बताएका छन् । नवप्रवेशीहरूलाई क्षमता र योग्यताका आधारमा जिम्मेवारी दिइने बताए ।
नेपाल तरुण दल वराहक्षेत्र वडा नम्बर ३, ४ र ५ वडा कार्यसमितिले आइतबार आयोजना गरेको भेटघाट तथा वनभोज कार्यक्रममा युवाहरू तरुण दलमा प्रवेश गरेका हुन् ।
नेपाल तरुण दल वडा नम्बर ३ कार्यसमितिका सचिव असिम चाम्लिङ्ग राईका अनुसार नव प्रवेसीहरूलाई तरुण दलमा स्वागत गरिएको छ ।
नेपाली कांग्रेस वराहक्षेत्र कार्यसमितिका सभापति तथा नगर प्रमुख रमेश कार्की, महासमिति सदस्य जगत कार्की, महाधिवेशन प्रतिनिधि भीम कट्वाल, नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ का सचिव केशव पुरी लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया