कांग्रेस नेता टेकराजकी आमाको निधन, निसीखोला पुगेर सभापति खतिवडाद्वारा श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले स्व.छायाँदेवी पौडेलप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
सोमबार बागलुङको निसीखोला झिम्पास्थित निवासमा पुगेर सभापति खतिवडाले स्व.पौडेलप्रति श्रद्धाञ्जलि व्यक्त गरेको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्र घर्ती मगरले बताए । पौडेल बागलुङ कांग्रेसका नेता टेकराज पौडेलकी आमा हुन् ।
स्व.पौडेलको निधनबाट आफू निकै मर्माहत भएको सभापति खतिवडाले बताएका छन् । उनले शोकमा रहेको पौडेल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
पौडेलको माघ १२ गते ७२ वर्षको उमेरमा बागलुङको निसीखोला गाउँपालिकास्थित निवासमा निधन भएको थियो ।
स्व.पौडेलका छोरा तारानाथ पौडेल बागलुङ कांग्रेसका उपसभापति छन् ।
त्यसैगरी स्व.पौडेलका छोराहरूमा चिरिञ्जीवी पौडेल, गोकर्णराज पौडेल, दीपक पौडेल, पशुपति पौडेल र प्रेम पौडेल रहेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया