‘लाहुरेको दसैँ’मा गायक पाण्डेको स्वर
काठमाडौं । गायक भुपु पाण्डेले ‘लाहुरेको दसैँ…’ बोलको दसैँ गीत रिलिज गरेका छन् । युट्युवमार्फत पाण्डेले दसैँ गीत सार्वजनिक गरेका हुन् । लाहुरेलाई दसैँ आउँदा हुने पीडालाई समेटेर गीत बनाइएको पाण्डेले बताए ।
म्युजिक भिडियोमा नेपाल आर्मिको ड्रेसमा मोडलहरूलाई सजाइएको छ । गीत राम्रो बनेको गायक पाण्डेले बताए ।
टिपिकल शब्द रहेको पाण्डेको ‘लाहुरेको दसैँ…’लाई अहिलेसम्म सबैले मन पराइदिएको बताए । ‘गीतले राम्रो रेस्पोन्स पाइरहेको छ’, गायक पाण्डेले भने, ‘लाहुरेलाई दसैँमा हुने पीडालाई समेटेर गीत बनाएको हुँ ।’
यसअघि थुप्रै गीतमा स्वर दिएका पाण्डेको ‘एक्सेप्ट गर…’ गीत हिट भएको थियो । यसैगीतबाट गायक पाण्डे भनेर धेरैले चिन्ने गरेको उनको भनाइ छ ।
Published : Monday, 2017 September 18, 9:39 am
1 प्रतिकृया प्राप्त “‘लाहुरेको दसैँ’मा गायक पाण्डेको स्वर”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

ramro xa lahure ko betha lai samte pani thuprai desh chodi pardesh ma chariyra baseka ko man chuna pugeko xa ati uttam song