परराष्ट्रमन्त्री डा.राणाद्वारा थाइल्याण्डस्थित नेपाली दूतावसको अवलोकन
काठमाडौं । परराष्ट्रमन्त्री डा.राणाले थाइल्याण्डको राजधानी बैंककमा रहेको नेपाली राजदूतावासको अवलोकन गरेकी छिन् ।
सोमबार दूतावासमा परराष्ट्रमन्त्री डा.राणाले थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले स्वागत गरेका छन् । त्यस क्रममा डा.राणाले नेपाल र थाइल्याण्डबीचको सम्बन्ध सुमधुर बनाउन अझै के प्रयास गर्न सकिन्छ ? भनेर राजदूत वलीसँग सुझाव माग गरेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले दुई देशबीच पर्यटन प्रवर्द्धनमा मिलेर काम गर्न सकिने विषयमा पनि राजदूत वलीसँग परामर्श गरेकी छिन् । राजदूत ओली र राजदूतावासका कर्मचारीहरूले परराष्ट्रमन्त्री डा.राणालाई स्वागत गरेका थिए ।
परराष्ट्रमन्त्री डा.राणा उपचारको लागि दुई हप्ता अगाडि थाइल्याण्डको राजधानी बैंकक गएकी थिइन् । उपचारपछि डा.राणाले राजदूतावासको अवलोकनका साथै विभिन्न व्यक्तिहरूसँग भेटघाट गरेकी छिन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया