एमालेलाई जग्गा दान गरेका मीनबहादुरको भाटभटेनीलाई कर तिर्न दोब्बर बनाइदिने २ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले कर प्रणालीमा क्षति गरेर अपराध गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

भाटभटेनी सुपरमार्केटलाई घाटामा पु¥याउन कर प्रणालीमा पहुँच पुर्‍याएर करको दायरा बढाइदिएको आरोपमा सीआईबीले पर्वत घर भई चितवन बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखा घर भई चितवन बस्ने २२ वर्षीय परिन पाण्डेलाई पक्राउ गरेको सीआईबीका प्रमुख (एआईजी) दीपक थापाले बताए । सीआईबीले उनीहरूलाई शनिबार माघ ५ गते भरतपुर महानगरपालिका–३ बाट पक्राउ गरेको थियो ।

उनीहरू चितवनमा रहेको बिहादी बिजनेश म्यानेजमेण्टमा कार्यरत कर्मचारीहरू हुन् । कम्पनी लेखा परीक्षण गर्ने निजी फर्म हो ।

पराजुली र पाण्डेले भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत रूपमा पहुँच पु¥याएर विद्युतीय कसूर गरेको आरोप छ । उनीहरूले अहिलेसम्म ठगी गरेको खुलेको छैन ।

उनीहरूलाई भाटभटेनीले तिर्नुपर्ने करको रकम नै बढाएर घाटा पुर्‍याउन खोजिएको आरोप लागेको छ । भाटभटेनी सुपरमार्केटको दुई अर्ब ३४ करोड १६ लाख ४२ हजार ८१६ रुपियाँ कारोबारको राजश्व कर दायित्व ६ करोड २६ लाख ९४ हजार १९ रुपियाँ तिर्नुपर्ने थियो ।

त्यो रकमलाई उनीहरूले प्रणालीमा पहुँच पु¥याएर हेरफेर गरिदिए । उक्त राजश्वको दायित्वलाई बढाएर उनीहरूले १३ करोड ९ लाख ५९ हजार ६०९ रुपियाँ बढाइदिएको छ ।

भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङले एमालेलाई पार्टी कार्यालय बनाउन कीर्तिपुरमा जग्गा दिएपछि विवादमा परेका थिए ।

000

“भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमाअनाधिकृत पहुँच पुर्‍याईविद्युतीयकसूरगरेको सम्बन्धमा”

  • सुचनाको व्यहोरा:-      आन्तरिक राजस्व विभागको Software ‘एकिकृत कर प्रणाली (Integrated Tax System)’ बाट करदाता, ‘भाटभटेनी सुपरमार्केट’ को User ID, Password को अनधिकृत प्रयोग गरी अस्वाभाविक कर विवरण पेस गरेको हुँदा आवश्यक अनुसन्धान तथा कारबाहीका लागी आन्तरिक राजस्व बिभाग, लाजिम्पाटबाट मिति २०८१/०९/२५ गतेको पत्र मार्फत अनुरोध भई आएको ।
  • कसुर:- ‘विद्युतीय कारोबार ऐन, २०६३’, परिच्छेद ९ (कम्प्यूटर सम्बन्धी) कसूर ।
  • पक्राउ प्रतिवादीहरु:-
सि.नं.नामउमेरलिंग  ठेगानाफोटो
१सन्तोष पराजुलीबर्ष २८पुरुषपर्वत, बिहादी गा.पा.-३ स्थाई वतन भई चितवन, भरतपुर म.पा.-११ बस्ने     
२परिन पाण्डेबर्ष २२पुरुषगोरखा,भिमसेन थापा गा.पा.-४ स्थाई वतन भई चितवन, भरतपुर म.पा.-११ बस्ने   
  • बरामद समाग्रीहरु:-
सि.नं.सामानको बिवरणसंख्याफोटो
१Laptop३                                            
२C.P.U.१
३WIFI Router१
४DVR१
५Mobile phone२
  • पक्राउ मिति तथा स्थान: मिति २०८१/१०/०५ गतेचितवन जिल्ला भरतपुर म.न.पा.-३ ।
  • पक्राउ प्रतिवादीहरु आबद्ध संस्था तथा फर्म: ‘बिहादी बिजनेश म्यानेजमेण्ट’, चितवन (लेखापरिक्षण गर्ने निजी फर्म) ।
  • प्रारम्भिक कारबाही प्रक्रिया:
  • मिति २०८१/१०/०५ गते उक्त आन्तरिक राजस्व विभागको एकिकृत कर प्रणाली (Integrated tax system) मा रहेको सूचनामा अनधिकृत रुपमा पहुँच पुर्‍याई भाटभटेनी सुपरमार्केटले चुक्ता गर्नु पर्ने राजस्व रकम, राजस्व कर प्रणालीमा हेरफेर गर्ने कार्यमा संलग्न ब्यक्तिहरु सन्तोष पराजुली र परिन पाण्डे लाई जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नं.३ स्थित बिहादी बिजनेस म्यानेजमेण्ट नामको कार्यालयबाट पक्राउ गरी सो कसूरमा प्रयोग भएका बिधुतिय उपकरणहरु समेत बरामद गरी मिति २०८१/१०/०५ गतेको पत्र साथ यस ब्यूरोमा दाखिला हुन आएको ।
  • २०८१/१०/५ गते शनिबार भएकोले पक्राउ निज अभियुक्तहरु उपर ६ गते आईतबार बिधुतिय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्वा दर्ता गरी सम्मानित काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई सम्मानित काठमाडौं जिल्ला अदालतबाट मिति २०८१/१०/०५ गतेबाट लागु हुने गरि पहिलो पटक दिन (सात) ७ को म्याद थप भई अनुसन्धान भई रहेको ।
  • प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका तथ्य:   

पक्राउ प्रतिवादी सन्तोष पराजुली समेतले आन्तरिक राजस्व कार्यालयको एकिकृत कर प्रणाली (Integrated tax system) सूचनामा पहुँच पुर्‍याई भाटभटेनी सुपरमार्केटबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्वको दायरा भित्र आउने जम्मा कारोबार रकम रु.२,३४,१६,४२,८१६।- (दुई अर्ब चौंतीस करोड सोह्र लाख बयालिस हजार आठ सय सोह्र) को राजस्व कर दायित्व रु. ६,२६,९४,०१९।- (छ करोड छब्बीस लाख चौरानब्बे हजार उन्नाईस) लाई परिवर्तन तथा हेरफेर गरी रु.१३,०९,५९,६०९ ।- (तेह्र करोड नौं लाख उन्साठी हजार छ सय नौं) गलत तथ्याङ्क करदातालाई बढी कर दायित्व सृजना हुने गरी राज्यको आधिकारिक कम्प्युटर सूचना प्रणालीमा अनाधिकृत रुपमा प्रविष्ट गर्ने कार्य गरेको देखिएको ।

  • अपराधको कारण:      

प्रारम्भिक अनुसन्धानको क्रममा कसुरमा संलग्न व्यक्तिहरुले आफु संलग्न Audit Form को तर्फबाट आन्तरिक राजस्व बिभागको Portal मा गई बिभिन्न करदाताहरुको कारोबारको विवरण आफु अनुकुल करदाताहरुको यथार्थ विवरण भन्दा बढी वा कम (फरक) हुने गरी प्रविष्ट गरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कसैलाई हानी निक्सानी पुर्‍याउन र लाभ लिन खोज्ने ।

सुधिर राज शाही(प्रहरी उपरीक्षक)प्रवक्त एवं सूचना अधिकारीसम्पर्क नं.: ९८५१२९१३११ 

थप अनुसन्धान कार्य जारी रहेको।

Published : Friday, 2025 January 24, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया