सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइदिने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताए । उनले भने, ‘महिलामा क्यान्सर हुन नदिन सरकारले यही माघ २२ देखि देशभरका १६ लाख किशोरीमा क्यान्सरविरुद्धको खोप प्रदान गर्न लागेको छ ।’
उनले पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको बताएका छन् ।
नागरिकको योगदानमा आधारित कोष बढाएर स्वास्थ्य बीमाको रकमसमेत बढाउँदै आम नागरिकको उपचारमा खर्च गर्ने गरी सरकारले योजना बनाएको मन्त्री पौडेलले बताए ।
उनले छिरिएर रहेको स्वास्थ्य रकमलाई बीमा कोषमार्फत उपचार गराउने प्रबन्ध गरिने बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया