नगदसहित घोराहीमा पक्राउ परे सातजना जुवाडे
घोराही । दाङको घोराही उपमहानगरपालिकामा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ ।
बिहीबार मध्यराति भैसिकुरस्थित शरद थापाको घरमा छापामारेर प्रहरीले सात जना जुवाडेलाई १ लाख ३५ हजार रुपियाँसहित गिरफ्तार गरिएको एसपी कृष्णहरि शर्माले जानकारी दिए ।
अवैध रुपमा रकम समेत राखी जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको विशेष टोलीले थापाको घरमा छापामारेको थियो ।
पक्राउ परेका उनीहरुलाई सार्वजनिक अपराध लगाइनेछ । घोराहीमा जुवा तास खेलाउनेहरु बढ्न थालेपछि प्रहरीले कडाइ थालेको छ ।
Published : Friday, 2018 October 26, 4:16 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत