मकवानपुर प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध बरामद
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा चरेश, अफिम र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
शनिबार राति लागूऔषध चरेश २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले बताए । मकवानपुर प्रहरीले आइतबार बिहान पक्राउ परेका व्यक्ति र लागुऔषधबारे जानकारी गराएको छ ।
भारतको हरियाणा जिल्लाको ग्राम पंचायत गोविन्द नगर थाना सदर घर भएका २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका न्यु सुवास नगर थाना सदर घर भएका २० वर्षीय मनीष कुमारलाई पक्राउ गरिएको एसपी खड्काले बताए ।
डिएल ८ सिएक्स १२२४ नम्बरको कारमा लुकाएर चरेश र अफिम ल्याइरहेको अवस्थामा मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका–११ टिस्टुङ नौखण्डेको त्रिभुवन राजपथ सडकखण्डबाट लागूऔषधसहित कार र उनीहरूलाई नियन्त्रणमा लिइएको छ ।
हेटौंडा हुँदै भारततर्फ लागूऔषध ओसारपसार भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर जिप्रका हेटौंडामा जिम्मा लगाएको थियो ।
यसैगरी, लागूऔषध गाँजा १ सय १ किलोसहित अर्का एकजना पक्राउ परेका छन् । आइतबार बिहान साढे ५ बजे रातोमाटे प्रहरी चौकीबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ राटोमाटेबाट सो मात्रामा गाँजासहित वीरगञ्ज महानगरपालिका–२६ अठराह सुगौली बस्ने २० वर्षीय राजन राउत कुर्मीलाई पक्राउ गरेको छ ।
चितवनबाट वीरगन्ज जाँदै गरेको डिएल १३ सी १५६१ भारतीय नम्बरको कारमा लुकाएर ल्याएको गाँजा बरामद गरेको एसपी खड्काले बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया