युरोपको माल्टामा गौरीकुमार बरालको मृत्यु
काठमाडौं । युरोपेली मुलुक माल्टामा २५ वर्षीया गौरीकुमारी बरालको सडक दुर्घटनामा मृत्यु भएको छ ।
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ घर भएकी बरालको उपचारको क्रममा मृत्यु भएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले बताएका छन् ।
जनवरी ५ मा सडक दुर्घटनाबाट गम्भीर घाइते बरालको उपचारत रहेका क्रममा शनिबार बिहान मृत्यु भएको अध्यक्ष खनालले बताए ।
मृतकको परिवारसँगको सल्लाह बमोजिम मृतकको शव नेपाल पठाउन एनआरएनए माल्टाले सहजीकरण गरिरहेको खनालले बताए । बराल रोजगारीको सिलसिलामा सन् २०२२ डिसेम्बरमा माल्टा गएकी थिइन् ।
Published : Saturday, 2025 January 11, 8:39 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया