मकवानपुर प्रहरीद्वारा ठूलाे परिणाममा गाँजा बरामद, फरार मानिसहरूकाे खाेजतलास
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलाे परिणाममा गाँजा बरामद गरेकाे छ ।
मकवानपुरकाे मनहरी गाउँपालिका वडा नं ५ डिल्लीपुरबाट राङसीराङतर्फ केहि व्यक्तिहरुले गाँजाको भारी बोकी पैदल जैसिङतर्फ आउदै गर्दा प्रहरीले शनिबार गाँजा बरामद गरेकाे मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीवाट गएकाे टाेलीले पक्राउ गरेकाे हाे । १०/१२ जनाको समूहमा रहेका अपरिचित व्यक्तिहरुले भारी बोकी राप्ती खोला तर्दै गरेको अवस्थामा प्रहरी टोलीले देखेर लखेट्दै पिछा गर्ने क्रममा उनीहरू भागेका थिए ।
उनीहरुले बोकेको सामान फालेर फरार भएका थिए । बोराहरूभित्र प्लाष्टिक राखी डोरीले बाँधी प्याक गरेको अबस्थामा कूल १३७ किलोग्राम लागुऔषध गाँजा बरामद भएको एसपी खड्काले बताए । फरार रहेका व्यक्तिहरूकाे खाेज तलास भइरहेकाे छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया