काठमाडौं– १६ मा कांग्रेसको वडा अधिवेशनमा महिला नेतृ वडा सभापति सर्वसम्मत
काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशनका क्रममा काठमाडौं महानगरपालिका वडा नं. १६ मा महिला नेतृ रीता श्रेष्ठ प्रधान वडा सभापति सर्वसम्मत निर्वाचित भएकी छिन् ।
बिहीबार काठमाडौंको लेखनाथ सेवा सदन, नयाँबजारमा सम्पन्न कांग्रेसको वडा अधिवेशनबाट रीता वडा सभापतिमा सर्वसम्मत भएकी हुन् । नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहसहितका नेताहरूको उपस्थितिमा सम्पन्न भएको वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधिहरू पनि चयन गरेको छ ।
शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ताहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो । काठमाडौं क्षेत्र नं. ७ अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. १६ मा अधिवेशन भएको नेताहरूले जनाएका छन् ।


Published : Thursday, 2026 October 1, 4:07 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया