बदलिएको २.० कांग्रेसकी केन्द्रीय सदस्य गंगा आरक्षण कोटामै पराजित

काठमाडौं । तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गंगा सुनार महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् ।

गत पुसमा भएको तथाकथित विशेष महाधिवेशनबाट सुनार केन्द्रीय सदस्य बनेकी थिइन् । गगन थापाको बदलिएको २.० कांग्रेसकी केन्द्रीय सदस्य सुनार दलित आरक्षणमै पराजित भएपछि तथाकथित विशेष महाधिवेशनवालाहरूका पदाधिकारी र केन्द्रीय सदस्यहरूको हैसियत देखिएको छ ।

बुधबार काठमाडौं–५ बाट महाधिवेशनमा प्रतिनिधिमा प्रतिस्पर्धा गरेकी सुनार पराजित भएकी हुन् । सुनारले दलित क्लष्टरबाट प्रतिनिधिका लागि प्रतिस्पर्धा गरेकी थिइन् ।

काठमाडौं क्षेत्र नं. ५ प्रदीप पौडेल भने निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पौडेल पनि तथाकथित विशेष महाधिवेशनका महामन्त्री हुन् ।

तथाकथित विशेष महाधिवेशन गरेर गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका छन् । शेरबहादुर देउवा पक्ष न्यायका लागि सर्वोच्च अदालतमा पुगेको छ । कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन छ ।

Published : Wednesday, 2026 September 30, 1:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया