तनहुँमा देउवा पक्षीय नेताहरूको भेला, अधिवेशनका लागि तयारी समिति गठन
दमौली । शेरबहादुर देउवा पक्षीय नेताहरूले तनहुँमा नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समिति गठन गरेका छन् ।
मंगलबार दमौलीमा आयोजित भेलाबाट तनहुँ जिल्लामा अधिवेशन सम्पन्न गर्न तयारी समिति घोषणा गरिएको हो । तनहुँमा प्रा.डा.कृष्णप्रसाद गौतमको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ ।
समितिको सह–संयोजकमा डम्बरबहादुर अधिकारी र कमलभक्त पोखरेल चयन भएका छन् । सचिव माधव खनाल चयन भएका छन् ।
समितिको सदस्यहरूमा भीमकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद घिमिरे, मथुराकृष्ण श्रेष्ठ, शेरजङग गुरुङ, नरनाथ काफ्ले, राजु खड्का, रघुबहादुर के.सी.,रामदेव पन्थ, लक्ष्मण मल्ल, लेखनाथ तिवारी, इन्द्रबहादुर दरै, शोभा कोइराला, एन.जे. अली, पूर्णबहादुर थापा, अमित थापा, जयन्ती अधिकारी, रविन्द्र आले (रघु), रामबहादुर बयलकोटी, पञ्चबहादुर गुरुङ, क्या. रेशमबहादुर गुरुङ, मंगल गुरुङ, परशुराम ढुंगाना, उमा सुनार र राम विश्वकर्मा चयन भएका छन् ।
भेलाको उद्घाटन नेपाली कांग्रेस नेता एवम् पूर्वमन्त्री शंकर भण्डारीले गरेका छन् । नेता भण्डारीले मूलधारको कांग्रेस शेरबहादुर देउवा नेतृत्वको कांग्रेस भएको हुँदा मूलधारमा समेटिन आग्रह गरेका छन् ।
अदालतले १४औैं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवाको नेतृत्वलाई नै बैधानिकता दिनेमा आफू विश्वस्त रहेको नेता भण्डारीले बताएका छन् ।
नेता भण्डारीले कांग्रेस विषयमा परिस्थितीमा रहेको हुँदा पार्टीका नेता तथा कार्यकर्तालाई सजग रहन आग्रह गरेका छन् ।
संयोजक प्रा.डा.कृष्णप्रसाद गौतमको सभापतित्वमा भएको कार्यक्रममा नेताहरू पुष्प पराजुली, केन्द्रीय प्रतिनिधि मणिभद्र शर्मा, बलबहादुर आले, नेत्री यमुना खड्का विश्वकर्मा, जिल्ला सदस्य डम्बर अधिकारी, निर्वाचन संयोजक शिवराज काफ्ले र शिक्षक संघ तनहुँका पूर्व अध्यक्ष कमलभक्त पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
संयोजक प्रा.डा.गौतमको संयोजकत्वमा बसेको बैठकले महाधिवेशन प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया