सिन्धुपाल्चोकमा भिडन्त, २.० कांग्रेसको अधिवेशन बिथोलियो, भागाभाग भएपछि बाह्रबिसे र मेलम्चीमा रमिता
मेलम्ची । नेपाली कांग्रेस सिन्धुपाल्चोकमा तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको क्षेत्रीय अधिवेशनमा आफूहरूभित्रै झगडा गरेपछि अधिवेशनको कार्यक्रमहरू बिथोलिएको छ ।
मंगलबार सिन्धुपाल्चोक क्षेत्र नं. २ मा प्रतिनिधि सभामा उम्मेदवार बनेर पराजित भएका बंशलाल तामाङ र क्षेत्रीय सभापति एवम् मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङ समूहबीच घम्साघम्सी भएको छ । गगन थापा निकटका दुबै समूहबीच झण्डै हानाहान भएको छ । यद्यपि बंशलालले लात्ताले कुर्सी र टेबललाई हानेर क्षति पुर्याउने प्रयास गरेका छन् ।
सिन्धुपाल्चोक–२ मा कृष्णकुमार तामाङ र पासाङ दोङ क्षेत्रीय सभापतिका उम्मेदवार छन् । उनीहरू प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । पासाङको पक्षमा उत्रिएका नेता बंशलालले मतदानका क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्रहरू प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले मतपेटिकामा खुट्टा प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
प्रतिनिधि सभाको गत निर्वाचनमा गगन थापासँग टिकट लिएर उम्मेदवार बनेर लज्जास्पद पराजय भोगेका बंशलालले मुख छाडेर ‘यस्तो अधिवेशन हुन्छ’ भनेर लात्तीले प्रहार गरेर टेबल, कुर्सी भाँच्ने प्रयास गरेका छन् । मंगलबार सिन्धुपाल्चोकको मेलम्चीमा क्षेत्र नं. २ को अधिवेशनको कार्यक्रम थियो । अधिवेशनको कार्यक्रम अगाडि बढ्न लागेका बेला बंशलाल तामाङ रिसाउँदै गालीगलौज गरेर मैदानमा उत्रिएपछि नेता तथा कार्यकर्ताहरूका भोगाभाग भएको छ । प्रहरी र कांग्रेसका केही कार्यकर्ताले बंशलाल तामाङलाई नियन्त्रणमा लिएर अप्रिय घटना हुन नदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
उता, सिन्धुपाल्चोक क्षेत्र नं. १ मा सिन्धुपाल्चोक कांग्रेसका सभापति जंगबहादुर लामाले अधिवेशन गराउन नसकेर आफू निकटका नेता तथा कार्यकर्ताहरूलाई लिएर टापकसेका छन् । आफ्नै नेता तथा कार्यकर्ताहरूले अबरोध गरेपछि जंगबहादुर लामा आफू निकटका नेताहरूलाई लिएर यता र उता गरेका छन् । यो समाचार तयार पार्दासम्म बाह्रबिसेमा अधिवेशन हुन सकेको छैन ।
हरिशरण नेपाली, प्रेमध्वज लामा, भोला बोहरा, जंगबहादुर लामासहितका नेताहरू बाह्रबिसेबाट टापकसेका हुन् । यी नेताहरूलाई कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले राजनीतिक संरक्षण दिएर विभिन्न पदमा पुर्याएका थिए । नेता बस्नेतको राजनीतिक संरक्षण नभएपछि बाह्रबिसेमा अधिवेशन गर्न नसकेर आफै भाग्नुपर्ने अवस्था सिर्जना भएको छ ।
तथाकथित विशेष महाधिवेशनको नाममा नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगनकुमार थापाले बदलिएको अर्थात् २.० कांग्रेस भनेर बिभिन्न गतिविधि गरे पनि पूर्वमन्त्री मोहनबहादुर बस्नेतको जिल्लामा हलचल गर्न सकिरहेका छैनन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया