देउवा पक्षीय नेताहरूद्वारा ओखलढुङ्गाका दुवै प्रदेशमा कांग्रेसको अधिवेशन गर्न तोक्यो कमाण्डर

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले ओखलढुङ्गा जिल्लाका दुवै प्रदेशमा संयोजकको जिम्मेवारी तोकेको छ ।

१५औँ महाधिवेशन आयोजक समितिका केन्द्रीय प्रतिनिधि नेतृ गोमा के.सी.ले मंगलबार दुई नेताहरूलाई जिम्मेवारी तोकेकी हुन् । प्रदेशसभा निर्वाचन क्षेत्र (१) को संयोजकको जिम्मेवारी विश्वराज राईलाई दिइएको छ । राई पुराना कांग्रेस नेता एवम् प्रजातन्त्र सेनानी भैरब राईका छोरा हुन् । पंचायत कालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भैरब राईको परिवार पनि पार्टीका विभिन्न अवसरबाट बञ्चित हुँदै आएको परिवार हो ।

प्रदेशसभा निर्वाचन क्षेत्र (२) को जिम्मेवारी देवेन्द्रराज पौडेललाई दिइएको छ । पौडेल २०४६ अगाडिदेखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा आवद्ध थिए । पौडेलले हालसम्ममा पार्टी राजनीतिमा निरन्तर क्रियाशील भएर पनि कुनै अवसर नपाएका ओखलढुङ्गाको पश्चिमी भूगोलमा इमान्दार नेता हुन् । यसअघि ओखलढुङ्गा जिल्ला संयोजकको जिम्मेपारी पूराना नेता राजभण्डारीलाई तोकिएको थियो । राजभण्डारी पनि नेपाली कांग्रेसको संगठन निर्माणमा ठूलो योगदान पु¥याएपनि अहिलेसम्म कुनै अवसर नपाएका नेतामा पर्दछन् ।

तथाकथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर गगन थापाले आफूलाई सभापति घोषणा गरेका छन् । गगन समूहले कांग्रेसले महाधिवेशन अन्तरगत वडा अधिवेशन सुरु गर्दा देउवा पक्षका तयारी समितिका संयोजक प्रा.डा.कोइरालाले पनि समान्तर महाधिवेशनको तयारी तिव्र पारेका छन् ।

सोही क्रम अन्तरगत जिल्ला तथा प्रदेशमा अधिवेशन सम्पन्न गर्नेगरी नेताहरूलाई जिम्मा दिइएको छ । देउवा पक्षले मंसिर २१,२२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने गरी यही असोज १५ गते वडा अधिवेशनको तयारी गरेको छ ।

Published : Tuesday, 2026 September 29, 1:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया