देउवा पक्षले ३ सय महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई विशेष व्यवस्था
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले बढीमा तीन सय महाधिवेशन प्रतिनिधिलाई मनोनीत गर्न पाउने व्यवस्था गरेका छन् ।
नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालालाई बुझाइएको निर्वाचन निर्देशिका अनुसार केन्द्रीय कार्यसमितिबाट बाधा अड्काउ फुकाउन भएको निर्णयानुसार ३ सय महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने व्यवस्था गरिएको हो ।
‘दफा ५१ (१) (क) केन्द्रीय सभापतिले महाधिवेशनका लागि बढीमा ३०० जना केन्द्रीय महाधिवेशन प्रतिनिधि मनोनीत गर्न सक्नेछन्,’ देउवा पक्षीय नेताहरूले तयार पारेको निर्देशिकामा लेखिएको छ ।
यसरी मनोनीत गर्दा समानुपातिक समावेशीको विषयलाई ख्याल गर्नुपर्ने हुन्छ । यसबाहेक पार्टीको तर्फबाट पछिल्लो निर्वाचनमा पालिका अध्यक्ष, उपाध्यक्ष÷प्रमुख÷उपप्रमुख, प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभामा उम्मेदवार भएका वा विजयी भएका, पूर्वसांसद, संविधानसभा सदस्य र पेशाकर्मी, श्रमिक, बुद्धिजीवी, उद्योग व्यवसायी, लैङ्गिक अल्पसंख्यक, पिछडिएको क्षेत्र, दलित महिला र ३५ वर्षभन्दा कम उमेर समूहका व्यक्तिलाई समावेश गरिने निर्देशिकामा लेखिएको छ ।
तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गर्ने गगन थापालाई शेरबहादुर देउवा पक्षले मान्यता दिएको छैन । गगन थापाको गतिविधिविरुद्ध देउवा पक्ष न्यायका लागि सर्वोच्च अदालत पुगेको छ । कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन छ ।
नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले सभापतिमा शेरबहादुर देउवालाई नै मानेर अघि बढिरहेको छ । त्यसैले मंसिरमा हुने केन्द्रीय महाधिवेशन सभापतिको हैसियतमा देउवालाई नै अघि बढाउने तयारी छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया