गगन समूहको क्षेत्रीय प्रतिनिधि त्यागेर दाङ कांग्रेसमा न्याय र बिधिको पक्षमा उभिए दलबहादुर सेपाईली

घोराही । नेपाली कांग्रेस दाङका स्थानीय नेता दलबहादुर सेपाईलीले तथाकथित विशेष महाधिवेशन पक्षधर समूहको क्षेत्रीय प्रतिनिधि परित्याग गरेका छन् ।

सोमबार प्रेस विज्ञप्ति जारी गरेर कांग्रेस नेता सेपाईलीले गगन थापा समूहको क्षेत्रीय प्रतिनिधि परित्याग गरेको जनाएका छन् । तथाकथित विशेष महाधिवेशन पक्षधरको वडा अधिवेशनमा सहभागी भएर क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकोमा क्षेत्रीय प्रतिनिधिलाई परित्याग गरेको उनले बताएका छन् ।

कांग्रेस नेता सेपाईलीले भने, ‘नेपाली कांग्रेसको १४औँ महाविधेशनबाट निर्वाचित सभापति श्री शेरबहादुर देउवाको नेतृत्वमा सम्पन्न हुने १५औँ महाधिवेशन (मंसिर २१ देखि २३)मा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दछु ।’

Published : Monday, 2026 September 28, 3:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया