देउवा पक्षीय नेताहरूद्वारा १५औँ महाधिवेशनमा विभिन्न पदका उम्मेदवारका लागि मनोनयनको शुल्क निर्धारण
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न तहका अधिवेशनका लागि उम्मेदवारको मनोनयनको शुल्क निर्धारण गरेको छ ।
नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति अन्तर्गतको केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकामा केन्द्रदेखि वडा तहसम्मका विभिन्न कार्यसमितिमा उम्मेदवार बन्ने आकांक्षीका लागि मनोनयन शुल्क तोकिएको छ ।
निर्देशिकामा केन्द्रीय कार्यसमिति सभापतिको निर्वाचनका लागि ३० हजार, केन्द्रीय उपसभापति र महामन्त्रीको निर्वाचनका लागि २५ हजार रुपियाँ शुल्क निर्धारण गरिएको छ ।
सह–महामन्त्रीका आकांक्षीका लागि २० हजार र केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि १० हजार रुपियाँ मनोनयन शुल्क तोकिएको छ ।
केन्द्रीय कार्यसमिति चयनका लागि मतदाता मानिने केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूका लागि दुई हजार पाँच सय रुपियाँ मनोनयन शुल्क निर्धारण गरिएको छ ।
महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित हुन केन्द्रीय महासमिति सदस्य पदका आकांक्षीका लागि तीन हजार रुपियाँ मनोनयन शुल्क तय गरिएको छ ।
प्रदेशसभा क्षेत्रीय प्रतिनिधि पदको निर्वाचनका लागि पाँच सय र प्रदेश महाधिवेशन प्रतिनिधि पदको निर्वाचनको लागि १ हजार रुपियाँ शुल्क राखिएको छ ।
देउवा पक्षले प्रदेश अधिवेशनमा प्रदेश कार्यसमिति सभापतिका लागि १० हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६ हजार र सदस्य पदका लागि तीन हजार रुपियाँ मनोनयन शुल्क तय गरेको छ ।
जिल्ला सभापतिका लागि पाँच हजार, उपसभापति र सचिवका लागि साढे तीन हजार, सहसचिवका लागि तीन हजार र सदस्यका लागि १५ सय रुपियाँ शुल्क तोकिएको छ ।
निर्वाचन समितिले गाउँ–नगर वडा सभापतिका लागि २५०, गाउँपालिका र नगरपालिका सभापतिका लागि क्रमशः एक हजार र दुई हजार तथा उपमहानगर–महानगरपालिका सभापतिका लागि दुई हजार पाँच सय रुपियाँ मनोनयन शुल्क तोकेको छ ।
प्रदेशसभा क्षेत्रीय कार्यसमिति सभापतिका आकांक्षीले दुई हजार पाँच सय र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सभापतिका आकांक्षीले ती हजार पाँच सय रुपियाँ मनोनयन शुल्क तिर्नुपर्ने निर्देशिकमा उल्लेख छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया