पूर्वप्रधानन्यायाधीश जबरालाई विना कारण धरपकड गरेको भन्दै कांग्रेस संयोजक प्रा.डा.कोइरालाद्वारा निन्दा
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले पूर्व प्रधानन्यायाधशीश चालेन्द्रशम्शेर जबरालाई मध्यरातमा गैरकानूनी पक्राउ गरेको भन्दै निन्दा गरेका छन् ।
आइतबार प्रेस विज्ञप्ति जारी गरेर संयोजक प्रा.डा.कोइरालाले जबरालाई अराजक र गैरकानूनी ढंगले गिरफ्तारी गरेको भन्दै चिन्ता जनाएका हुन् ।
‘पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यरातमा विना स्पष्ट कारण हचुवा, अराजक र गैरकानूनी ढंगले गरेको गिरफ्तारी गैर जिम्मेवारपूर्ण छ,’ डा.कोइरालाको विज्ञप्तिमा भनिएको छ, ‘पूर्व प्रधानन्यायधीश जस्तो सम्मानित पदमा रहेको व्यक्तिलाई समेत विना आधार र प्रमाण गरिएको धरपकड कार्यको नेपाली कांग्रेस घोर निन्दा गर्दछ ।’
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश जबरालाई शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको प्रहरी टोलीले पक्राउ पुर्जी समेत नदिएर जबरजस्ती लगेको थियो । जबरालाई पक्राउ गरेको बिरोध भएपछि प्रहरीले छाड्न बाध्य भएको छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया