कांग्रेसको अधिवेशनमा जेनजीलाई सहभागी गराउन देउवा पक्षको विशेष व्यवस्था
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले पार्टीका ६ वटा तहमा जेनजीको प्रतिनिधित्व गराउने भएको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोख्रेलले तयार गर्न लागेको १५औँ महाधिवेशन निर्वाचन निर्देशिकामा केन्द्रदेखि वडासम्मका कार्यसमितिहरूमा नवयुवा अर्थात् जेनजी समूहलाई विशेष व्यवस्था गरिएको छ ।
निर्वाचन निर्देशिकामा सबै तहका कार्यसमितिहरूमा १८ देखि २८ वर्षसम्म उम्मेर समूहका महिला र पुरूष एक–एक जनालाई अनिवार्य रुपमा समावेश गर्नुपर्ने प्रावधान राखिएको पोखरेलले बताएका छन् ।
कांग्रेसको विधानमा केन्द्रीय, प्रदेश, जिल्ला, प्रदेशसभा, प्रतिनिधिसभा, गाउँ–नगर, वडा र टोल गरी आठ तहका कार्यसमितिहरू गठन हुने व्यवस्था छ । कांग्रेसमा मौजुदा अवस्थामा टोलबाहेक ६ वडा कार्यसमितिहरू छन् ।
समावेशीअन्तर्गतका समूहबाट निर्वाचित हुने प्रतिनिधिहरूमा पनि एक जना महिला र एक जना पुरुष १८ वर्षदेखि २८ वर्षसम्मको नवयुवा समावेश गर्नु पर्ने प्रावधान राखिएको छ ।
निर्वाचन निर्देशिकामा १८ देखि २८ वर्षसम्मको नवयुवा नभए खाली हुन गएको अवस्थामा अन्य उमेर समूह वा अन्य समूहबाट पदपूर्ति गर्न सकिनेछ ।
निर्वाचन निर्देशिकामा विषयविज्ञ भएको स्थानमा विषयविज्ञको उपस्थिति पनि अनिवार्य गर्नुपर्ने बाध्यकारी प्रावधान निर्वाचन निर्देशिकामा राखेको छ ।
शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको महाधिवेशनको छुट्टै कार्यक्रम सार्वजनिक गरेर वडादेखि अधिवेशन गर्न लागेका छन् । असोज १५ गते वडा अधिवेशन हुन लागेको छ ।
समितिले ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि र ५५ जिल्लामा संयोजकहरू तोकेर महाधिवेशनको तयारी गरिरहेको छ ।
तथाकथित विशेष महाधिवेशन गरेर गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका छन् । भावी प्रधानमन्त्री भनेर प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थापाको लज्जास्पद पराजय भइसकेको छ ।
कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला थापाले एकलौटी रुपमा अधिवेशन गरेर कांग्रेसलाई बिभाजनको डिल लगेपछि देउवा पक्षीय नेताहरू नेपाली कांग्रेसलाई बचाउन समानान्तर गतिविधि गर्दै आएका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया