कांग्रेस पुरानो पार्टी हो तर, फाटेको होइन, नयाँ जोसका साथ अघि बढ्दै छौँ : संयोजक प्रा.डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले आसन्न अधिवेशन पार्टीका लागि एउटा ठूलो परीक्षाको समय भएको बताएका छन् ।

शनिबार काठमाडौंको चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक प्रा.डा.कोइरालाले अधिवेशन सम्पन्न गराउन खटिएका तथा सहयोग पु¥याउने सबै कार्यकर्ता र नेताहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।

अधिवेशन चानचुने कुरा नभएको उल्लेख गर्दै प्रा.डा.कोइरालाले यसले पार्टीको भविष्यको मार्गचित्र तय गर्ने भएकाले यसलाई अत्यन्त गम्भीरतापूर्वक लिइएको बताए ।

सबैलाई साथमा लिएर एकजुट भई अघि बढ्नुपर्ने बताएका प्रा.डा.कोइरालाले नेपाली कांग्रेस एउटा बलियो र ऐतिहासिक पार्टी भएको बताएका छन् ।

प्रा.डा.कोइरालाले भने, ‘हामी सबैसँगै अघि बढ्न चाहन्छौँ ताकि नेपाली कांग्रेस बलियो बनोस् । कांग्रेस पुरानो पार्टी हो तर, फाटेको होइन, यसमा नयाँ जोसका साथ हामी अघि बढ्दै छौँ ।’

अधिवेशनले पार्टीलाई अगाडि बढ्न नयाँ शक्ति र ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै संयोजक प्रा.डा.कोइरालाले यसलाई भव्य रूपमा सफल बनाउन सबैको सक्रिय सहयोग र साथ आवश्यक रहेको बताएका छन् ।

Published : Saturday, 2026 September 26, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया