कांग्रेसका संयोजक प्रा.डा.कोइरालालाई ७ लाख ८३ हजार क्रियाशील सदस्यहरूको नाम हस्तान्तरण
काठमाडौं । नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी समितिले क्रियाशील सदस्यता टुङ्गो लगाएको छ ।
शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर समितिका संयोजक प्रा.डा.शशांक कोइरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई क्रियाशील सदस्यको विवरण हस्तान्तरण गरेका हुन् ।
संयोजक प्रा.डा.कोइरालालाई कांग्रेसका क्रियाशील सदस्यको विवरण हस्तान्तरण गरिएको हो । सात लाख ८३ हजार ८ सय ३६ क्रियाशील सदस्य रहेको जानकारी दिइएको छ ।
पार्टीको सांगठनिक सुदृढीकरण र महाधिवेशनको प्रक्रियालाई थप व्यवस्थित बनाउने उद्देश्यले यसपटक डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको जनाइएको छ । यसका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणलाई सहज बनाउन नयाँ वेबसाइट पनि सार्वजनिक गरिएको छ ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण पौडेलकाअनुसार यसपटक पाँच लाख ७३ हजार २६९ पुरानो नवीकरण र दुई लाख १० हजार ५६७ नयाँ गरी कुल सात लाख ८३ हजार ८३६ क्रियाशील सदस्यताको विवरण लिपिवद्ध गरिएको छ । पौडेलले अघिल्ला महाधिवेशनमा सदस्यता विवादका कारण अधिवेशन प्रभावित भएको दृष्टान्त दिँदै यसपटक त्यसलाई सच्याउँदै सबै विवरण निर्वाचन समितिलाई बुझाइएको बताएका छन् ।
निर्वाचन समितिका संयोजक पोखरेलले तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न आफूहरू प्रतिवद्ध रहेको बताए । पोखरेलले असोज १५ गते देशभरका वडामा अधिवेशन शुरु हुने र त्यसको नतिजा तत्काल सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिएका छन् ।
आगामी दिनमा सदस्यताका लागि आवेदन दिन चाहनेहरूले अनलाइनमार्फत नै प्रक्रिया शुरु गर्न सक्ने व्यवस्था मिलाइएको पोखरेलले बताए ।
कार्यक्रममा वेबसाइट विकासकर्ता ज्ञानेन्द्र भट्टले अत्यन्त छोटो समय चार दिनमै निर्माण गरिएको वेबसाइट (https://www.nc15generalconvention.com/)मा उच्चस्तरको साइबर सुरक्षा व्यवस्था गरिएको बताएका छन् । हाल वेबसाइट नयाँ सदस्यताका लागि लक्षित भए पनि भविष्यमा यसलाई थप व्यवस्थित गर्दै लगिने जनाइएको छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया