बैतडी कांग्रेसका संयोजक विष्टद्वारा अधिवेशन गर्न संयोजकहरू मनोनयन
बैतडी । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेस १५औँ जिल्ला अधिवेशन तयारी समिति, बैतडीका संयोजक बीरबहादुर विष्टले वडा, पालिका र क्षेत्रीय अधिवेशन सम्पन्न गर्न संयोजकहरूको जिम्मेवारी तोकेका छन् ।
प्रेस विज्ञप्ति जारी गरेर संयोजक विष्टले बैतडीको प्रदेश सभा १ मा विष्णुदत्त भट्ट र प्रदेश सभा २ मा धनबहादुर क्षेत्रीलाई संयोजकको जिम्मेवारी दिएका हुन् । भट्ट क्षेत्रीय सभापति हुन् भने क्षेत्री सचिव हुन् ।
जिल्ला संयोजक विष्टले दशरथचन्द नगरपालिकाको संयोजकमा लालबहादुर चन्द, पाटन नगरपालिकाको संयोजकमा कृष्णबहादुर कुँवर, मेलौली नगरपालिकाको संयोजकमा महेशदत्त भट्ट, पुचौँडी नगरपालिकाको संयोजकमा कर्णबहादुर जागरी, सुर्नया गाउँपालिकाको संयोजकमा प्रताप महरालाई मनोनयन गरिएको संयोजक विष्टले बताए ।
दोगडाकेदार गाउँपालिकाको संयोजकमा नन्दराज भट्ट, डिलाशैनी गाउँपालिकाको संयोजकमा राम नाथ, सिगास गाउँपालिकाको संयोजकमा केदारनाथ अवस्थी, शिवनाथ गाउँपालिकाको संयोजकमा मोहनसिंह धनाडी र पञ्चेश्वर गाउँपालिकाको संयोजकमा गजेन्द्र चन्दलाई संयोजकमा मनोनयन गरिएको छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया