विराटनगरमा गगन समूहको अधिवेशनमा भक्कुराभक्कुर, स्थिति नियन्त्रणमा लिन प्रहरीको हस्तक्षेप
विराटनगर । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशनवाला समूहको वडा अधिवेशनमा दुई पक्षबीच हात हाताहाल भएको छ ।
शुक्रबार मोरङको विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा दिउँसो दुई पक्षबीच हानाहान भएको हो ।
नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुटाकुट भएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला विवाद भएको थियो ।
मोरङ प्रहरीले दुई पक्षबीच सामान्य विवाद भएको जनाएको छ । कुटाकुटपछि प्रहरीले मुस्लिम कोटाका क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर महानगरपालिका वडा नं. ६ का इरसाद अहमदलाई नियन्त्रणमा लिएको थियो ।
अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको विवादका कारण केही समय मतदान प्रक्रिया रोकिएको थियो ।
वडा अधिवेशनमा सहमति नभएपछि मतदान प्रक्रियामा गएको थियो । वडाको नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल भोला मैदानमा छन् ।
तथाकथित विशेष महाधिवेनको नाममा नेपाली कांग्रेसलाई हाइज्याक गरेर गगन थापाले आफूलाई सभापति घोषणा गरेर इतिहासकै कमजोर अवस्थामा पु¥याएका छन् । एकलौटी रुपमा अधिवेशन गरेर गगनले कांग्रेसलाई बिभाजनको डिलमा पु¥याएका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया