ईशनाथमा गगन समूहको अधिवेशनमा हानाहान, नेता तथा कार्यकर्ताहरूको भागाभाग
गौर । नेपाली कांग्रेस रौतहटमा तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको नगर अधिवेशनमा हात हालाहाल भएको छ ।
रौतहटको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत ईशनाथ नगर अधिवेशनबाट रहिस मियाँ नगर सभापतिमा चयन भएपछि नेता–कार्यकर्ताबीच चर्किएको हो । दुई पक्षबीच विवाद हुँदा हात हालाहाल भएको सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा देखिएको छ ।
विवादका क्रममा एक जनालाई लछारपछार गरेर धकेल्दै गरेको भिडियो सार्वजनिक भएको छ । उनीहरूले एकअर्कालाई गालीगलौज पनि गरेका छन् ।
तथाकथित विशेष महाधिवेशनको नाममा नेपाली कांग्रेसलाई हाइज्याक गरेर गगन थापाले आफूलाई सभापति घोषणा गरेका छन् । गगनले कांग्रेसलाई इतिहासकै कमजोर अवस्थामा पु¥याएका छन् । गगनकै कारण कांग्रेस बिभाजनको डिलमा पुगेको छ ।
Published : Friday, 2026 September 25, 7:13 pm
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया